सय केजी सुन प्रकरण: ठमेलस्थित होटल भियनाबाट एकजना पक्राउ

काठमाडौँ – राजस्व अनुसन्धान विभागले अवैध सुन तस्करी प्रकरणमा काठमाडौँको ठमेलस्थित होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ।

विभागको टोलीले आइतबार होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार पक्राउ परेका छिरिङ नेपाली मूलका बेल्जियमका नागरिक हुन्।

सुन प्रकरणमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ।