लगातार दोस्रो दिन घट्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं : नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। छापावाल सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले घटेर एक लाख १२ हजार ३०० कायम भएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ८०० मा कारोबार भएको थियो। यस दिन पनि सुन तोलामा ८०० रुपैयाँले घटेको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ५०० रुपैयाँले घटेर एक लाख ११ हजार ७५० तोकिएको छ।

त्यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ।